काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं – गृहमन्त्री रामबहादुर थापाले सुुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने बताउनु भएको छ ।
थापाले आफू गृहमन्त्री भएपछि कार्यभार सम्हालेको एक सय दिनमा यातायात सम्बद्द समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गर्ने जस्ता उल्लेखनीय कार्य भएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, “सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन् ।” सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी र अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा मन्त्रालयले सक्रिय रुपमा काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्यसहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनाका साथै ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको जानकारी दिँदै यसै अनुसार काम अघि बढिरहेको पनि प्रतिक्रिया दिनुभयो ।
यस्तै उहाँले निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत नियकायसँगको समन्वयमा कारवाही अघि बढाइएको पनि बताउनुभयो । जतिसुकै शक्तिशाली ठेकेदार भए पनि उसलाई कारवाहीको दायरामा ल्याएर छाड्ने दृढता मन्त्री थापाले गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।