दार्चुलामा मतान्तर बढाउँदै बडू

 मंसिर ७, २०७९ बुधबार १६:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लानुभएकाे छ ।

एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार ७६ मतले अगाडि देखिनुभएकाे छ । बडूले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दा एमालेका ठगुन्नाले १५ हजार ५ सय ८५ मत पाउनुभएकाे छ । यहाँ नेपाली नेकपा माओवादी केन्द्रले साथ दिएको छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।

गएकाे आइतवार भएकाे मतदानमा दार्चुलामा झन्डै ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया