अमेरिकी फाेटाेग्राफरले सगरमाथा क्षेत्रमा खिचेकाे भनिएकाे हिउँ चितुवाकाे तस्बिर 'फेक'

 मंसिर १०, २०७९ शनिबार १३:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटाे अर्थात् 'फेक' भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो 'फेक' भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ ।

अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले खिचेको भनिएका तस्बिरमा शङ्का लागेपछि म्यागजिनका विज्ञको टोलीले अध्ययन गरेको थियो । हिउँ चितुवा संयोगवश जो कसैले भेटेर तस्बिर खिच्न पाउने भए पनि तस्बिरको संरचना, प्रकाश, तिनीहरूको स्थान लगायतको सत्यतामा समस्या रहेको टोलीको निष्कर्ष छ ।

अलपाइन इन्टरनेशनल म्यागजिनले प्रकाशन गरेको एउटा लामो तथ्य जाँच रिपोर्टमा पावलोस्कीका तस्बिरहरू उत्कृष्ट भए पनि तिनीहरू प्राकृतिक नभइ 'फोटोशप' जस्ता सफ्टवेयर प्रयोग गरेर तयार पारिएको उल्लेख छ । रिपोर्टमा पावलाेस्की फोटोशप चलाउने काममा विज्ञ रहेको उल्लेख छ ।

किटिया पावलोस्कीले आफ्नो वेबपेज र इन्टाग्राममा फोटो सार्वजनिक गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक भएको थियो । अमेरिकी दूतावासले नै शेयर गरेपछि नेपालका सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा हिउँ चितुवाको फोटो भाइरल भएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Bishal rai

    Nov. 26, 2022, 6:19 p.m.

    नेपालमा जे कामको पनि ठेगान छैन

  •  0 Reply

तपाईको प्रतिक्रिया