बाग्लुङका ९५ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा

 पुष ६, २०८१ शनिबार १२:२५:२७ | रासस
unn.prixa.net

काठमाण्डौ – बाग्लुङका ९५ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट झण्डै दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन ।

गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’ को नीति लिएको छ । नीतिअनुरुप गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा बाग्लुङभरका आयोजनाका लागि  १८ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला भर १४ हजार आठ सय वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उहाँको भनाइ छ । यी धाराबाट ६४ हजार चार सय १० जना नागरिक लाभान्वित भएको प्रमुख पौडेल बताउनुहुन्छ ।

निसीखोला गाउँपालिका–२ अर्नाकोटकी स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया