दोलखाका विवादित केन्द्रमा आउँदो बिहीवार चुनाव

 मंसिर १२, २०७९ सोमबार १०:५५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा - दोलखाका विवादित केन्द्रमा आउँदो बिहीवार चुनाव हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको बिहान बसेको बैठकले १५ गते बिहीवार पुनः चुनाव गराउने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चुनावको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले आउँदो बिहीवार पुनः मतदान गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आजैदेखि चुनावको तयारी थालिएको पनि बताउनुभयो । यसअघि निर्वाचन आयोगले १५ गतेभित्र चुनाव गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो ।

दोलखाका १० वटा केन्द्रमा धाँधली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।

त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को चुनाव रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालीढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया