धेरै ठाउँमा बिहानैदेखि कुहिरो, आन्तरिक र बाह्य दुवै उडान ठप्प

 मंसिर १३, २०७९ मंगलबार ८:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि कुहिरो लागेको छ । पहाडी क्षेत्र र तराईका जिल्लामा कुहिरो लागेकाले भिजिबिलिटी घटेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

उहाँका अनुसार काठमाण्डौको बिहानको भिजिबिलिटी ५ सय मिटरमा झरेको छ । कुहिरो हट्न थालेसँगै  बिस्तारै भिजिबिलिटी बढ्न थालेको छ । तर, विमान उडान र अवतरण हुने गरी अझै मौसम खुलेको छैन । भिजिबिलिटी घटेकाले अहिले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् ।

काठमाण्डौको त्रिभुवन  विमानस्थलबाट उडान सुरु गर्न अझै एक घण्टा पर्खिनु पर्ने मौसमविद् बासीले बताउनुभयो । सामान्यतया उडानका लागि भिजिबिलिटी ३ हजार मिटरको चाहिन्छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घटेकाले उडान ठप्प भएको छ । भिजिबिलिटी बढेपछि उडान सुरु गर्ने कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया