विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै : समूह ‘सी’ को अर्जेन्टिना दबाबमा

 मंसिर १४, २०७९ बुधबार ७:४८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

आज राति हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुनेछ । यी खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुनेछन् ।

यो खेलबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई वटा देशको टुङ्गो लाग्नेछ । समूह चरणको पहिलो खेलमा साउदी अरबसँग पराजित अर्जेन्टिनाले मेक्सिकोलाई हराएको थियो । आजको खेल अर्जेन्टिलाई जित्नुपर्ने दबाब छ भने पोल्यान्डले बराबरी खेले पनि पुग्नेछ ।

समूह ‘सी’ मा पोल्यान्ड ४ अंकका साथ शीर्ष र अर्जेन्टिना तथा साउदी अरब समान ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ । त्यस्तै मेक्सिकोको १ अंक छ । फिफा विश्वकप फुटबलमा गएराती भएका खेलबाट समूह ‘ए’ र ‘बी’ बाट इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै ब्राजिल र पोर्चुगल पनि यसअघि नै अन्तिम १६ मा पुगेका छन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया