दाेलखामा राति ९ बजेदेखि मतगणना सुरु हुने

 मंसिर १५, २०७९ बिहिबार १९:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

दाेलखा – दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीवार पुनः मतदान भएको छ । यही मङ्सिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो ।

मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । मतदानपछि सर्वदलीय बैठक सम्पन्न भएको र अहिले राति ९ बजेदेखि मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो ।

दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । 

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ जफे हेल्थ पोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया