नेपालले नामिबियालाई दियाे १ सय ९८ रनकाे लक्ष्य, ज्ञानेन्द्रकाे कीर्तिमानी अर्धशतक

 मंसिर १६, २०७९ शुक्रबार १७:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टाेली नामिबियालाई एक सय ९८ रनकाे लक्ष्य दिएकाे छ । 

वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९७ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए । यस्तै आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ नामिबियाका तानगेनी लुङ्गामेनीले तीन र कार्ल बिरकेनस्टकले दुई विकेट लिए ।

आजकाे अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा छ वटा अर्धशतक बनाउने पहिलाे खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलले पाँच/पाँच वटा अर्धशतक बनाएका छन् ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

नेपालले पर्सि आइतवार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । सात वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष पाँच देशले एकदिवसीय मान्यता कायम गर्नेछन् ।

नेपाल २० खेलमा १७ अङ्कका साथ छैटाैँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । बाँकीमध्ये १० वटा खेल जितेमा शीर्ष पाँचमा पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया