सरकार गठनका लागि सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

 मंसिर १७, २०७९ शनिबार १८:२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अहिले कुनै गठबन्धन जोड्ने या तोड्ने काम नगर्ने र सम्भावनाका आधारमा अघि बढ्ने निर्णय गरेको हो ।

माओवादीको बैठकमा सरकार गठनको लागि नेकपा एमालेसहितका दलसँग पनि छलफल गर्न सकिने विषयमा छलफल भएको थियो । तर एमालेसँगको सहकार्यबारे भने कुनै खास निर्णय भएन । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाब दिनको लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको एक नेताले बताएका छन् । बैठक भोलि पनि बस्नेछ  ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया