खैर अब तपाईँसँग धेरै गुनासो गर्नु पनि छैन – पद्मा अर्याल

 मंसिर १८, २०७९ आइतबार ९:४२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभातर्फ स्याङ्जा-२ मा कांग्रेस उपसभापति धनराज गुरुङसँग पराजित एमाले सचिव पद्माकुमारी अर्यालले चुनावमा बुथ कब्जा भएको भए पनि अब गुनासो नगर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ अर्यालले चुनावमा केही बुथ कब्जा भएको एथेष्ट प्रमाण भएकाले पुनः मतदानको माग गरिएको बताउनुभएको छ । 

उहाँले विजयी भएका गुरुङलाई बधाई दिँदै लेख्नुभएको छ ‘मैले तपाईँलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । चुनावकाे दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईँप्रतिको मेरो बुझाइ झुटाे प्रमाणित गरिदियो ।’

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • लोक

    Dec. 4, 2022, 10:10 a.m.

    चुनावमा खिचातानि हुनु नौलो होइन फर्जिमत पर्यो परेन त्यो आफ्नै ठाउँमा छोडिदिउँ जितनुपर्ने मान्छेले जितेको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया