नेपालकाे खराब ब्याटिङ, स्कटल्यान्डलाई १ सय ३८ रनकाे लक्ष्य

 मंसिर १८, २०७९ आइतबार १६:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगकाे खेलमा खराब ब्याटिङ गरेकाे छ । नेपालले स्कटल्यान्डलाई एक सय ३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, राेहित पाैडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले तीन विकेट लिए । 

यसअघि नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग–२ खेलिरहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया