दाेलखामा शिवाकाेटी र कार्कीकाे ‘लुकामारी’, फेरि कार्की अघि

 मंसिर १८, २०७९ आइतबार १७:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई माओवादीका गंगा कार्कीले फेरि उछिन्नुभएको छ ।

मतगणनाको दुई दिनसम्म अग्रता लिएका कार्की हिजो शनिवार रातिदेखि भने पछि पर्नुभएको थियो । तर अहिले भने एमालेका शिवाकोटीभन्दा माओवादीका कार्की दुई सय ६९ मतले अघि हुनुहुन्छ ।

पछिल्लाे विवरणअनुसार कार्कीले २१ हजार चार सय १२ र शिवाकोटीले २१ हजार एक सय ४३ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २६ सय ९१ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया