पोल्यान्डलाई हराउँदै फ्रान्स विश्व कपको क्वाटर फाइनलमा, एम्बाप्पेले २ गोल गरे

 मंसिर १८, २०७९ आइतबार २२:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ - पोल्यान्डलाई हराउँदै फ्रान्स विश्व कप फुटबल २०२२ को क्वाटर फाइनल (अन्तिम ८) पुगेको छ । 

कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई तीन-एक गोलले हरायो । पहिलो हाफमा १-० गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्यो । फ्रान्सका ओलिभर जिरुडले ४४ औँ तथा केलियन एमबाप्पेले ७४ औँ र ९१ औँ मिनेटमा गोल गरे । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरे ।

फ्रान्सका जिरुडले एक गोल गर्दै देशका लागि सर्वाधिक गाेलकर्ता बनेका छन् । जिरुडले गोल सङ्ख्या ५२ पुर्याएका छन् । उनले लिजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीको गोल सङ्ख्या ५१ छ ।

यो खेलमा दुई गोल गर्दै २३ वर्षीय एमबाप्पेले विश्व कपमा गोल सङ्ख्या नौ पुर्याएका छन् । यो विश्व कपमा उनको यो पाँचौँ गोल हो । एम्बाप्पे २३ वर्षको उमेरमा विश्व कपमा ९ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

यस्तै आजै राति पौने १ बजे अर्को प्रि- क्वाटर फाइनलमा इङ्गल्यान्ड र सेनेगल खेल्दै छन् 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया