चुनावी समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक आज

 मंसिर १९, २०७९ सोमबार ७:७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७,  माओवादीले १७,  एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् । चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ ।

यस्तै नयाँ सरकार गठनको विषयमा पनि सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ ।

यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरु दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया