दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

 मंसिर १९, २०७९ सोमबार १८:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

मनाङेलाई आज साेमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।

पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया