बझाङकाे थलारामा धमाधम पशु चाैपाया मर्न थालेपछि पशु चिकित्सकसहितकाे टाेली गाउँमा

 मंसिर १९, २०७९ सोमबार १९:२२:२६ | डीबी बिष्ट
unn.prixa.net

थलारा गाउँपालिकाकाे चित्रु गाउँ

बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ चित्रुमा धमाधम पशु चौपाया मर्न थालेपछि पशु चिकित्सकसहितको टोली गाउँमा पुगेको छ । 

गएकाे शनिवारदेखि गाउँमा एकाएक पशु चौपाया मर्न थालेको स्थानीयवासी नविन खड्काले जानकारी दिनुभयो । एकै दिन बर्कबहादुर खड्काका चार वटा दूध दिने गाई मरेपछि गाउँमा त्रास फैलिएको छ । गाउँ नजिकैको जङ्गलमा चराउन लगेको अवस्थामा गाईहरू मरेका हुन् । 

हिजो आइतवार पनि गाउँकै दुई वटा गोरु मरेको छ । गाउँमा पशु चौपाया मर्न थालेपछि स्थानीयवासीले भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बझाङमा जानकारी गराएपछि पशु चिकित्सकसहितको टोली आज गाउँमा पुगेकाे छ । चिकित्सकले पशु चर्ने ठाँउमा विष परेको हुन सक्ने आशङ्का गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया