विश्वकप लिग २ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

 मंसिर २१, २०७९ बुधबार ८:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।

नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक/एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्वकप लिग २ मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ । यो श्रृंखलाको अन्तिम खेलमा नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया