विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

 मंसिर २६, २०७९ सोमबार ७:२८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको नयाँ बलको नाम 'अल हिल्म' राखिएको छ । अरेबिक शब्द 'अल हिल्म' को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।  यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलका खेल पर्सि बुधवारदेखि सुरु हुने छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया