म छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड

 मंसिर २८, २०७९ बुधबार १६:२७:२९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभएकाे छ । आज बुधवार कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उहाँले आफू छिटै प्रधानमन्त्री बन्ने बताउनुभएकाे हाे । 

अध्यक्ष प्रचण्डले आफू तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताउँदै तेस्राे कार्यकालमा अझ राम्रो काम गर्ने अठोट पनि गर्नुभयाे । पहिलो कार्यकाल राम्रोसँग विधि–प्रक्रिया बुझ्नै नपाइ गएको र दोस्रो कार्यकालमा देशका लागि केही महत्त्वपूर्ण काम गरेको उहाँकाे भनाइ थियाे । आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने उहाँले दाबी गर्नुभयाे । 

कार्यक्रममा बाेल्दै उहाँले आउँदाे चुनावमा कास्कीबाट उठ्ने पनि बताउनुभयाे । अहिलेसम्म राजनीतिक क्रान्ति गरेको बताउँदै उहाँले अब आर्थिक क्रान्ति गर्ने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया