पोखरामा ९ जना वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

 पुस १, २०७९ शुक्रबार १०:९:१२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे ।

श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भयाे । अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई बुधवार पक्राउ गरेको हो । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनले २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको नगद चोरी गरेको आरोप छ ।

श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले बताउनु भयाे । कास्की प्रहरीले यस्तै प्रकृतिका चोरीका घटना भएका अन्य कोही पीडित भए प्रहरी उजुरी दिन अनुरोध गरेको छ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया