ठेकेदार सम्पर्कविहीन हुँदा मुख्य बजारकै सडक निर्माण कार्य अलपत्र

 पुस १, २०७९ शुक्रबार १८:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजारकाे सडकमा ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ । १६ असार २०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्स्ट्रक्सन विरेन्द्रनगर सम्पर्कविहीन बनेको हो ।

करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटसहित २३ लाख ९५ हजार ८१३ रुपैयाँमा केपी कन्स्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो ।

केपी कन्स्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको थियो । माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको इन्जिनियर मण्डलले बताउनुभयो । सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ । तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानि लिएका छैनन् ।

ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो । निर्माण व्यवसायीलाई पटक–पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया