आहा रारा गाेल्ड कपमा १० टिम, विजेताले १२ लाख रुपैयाँ पाउने

 पुस ५, २०७९ मंगलबार २०:१८:४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ आहा रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन् ।

यही पुस १४ गतेदेखि पोखरा रङ्गशालामा हुने प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखरा रहेका छन् । 

आहा रारा गोल्ड कपको २२ औँ सस्करणको पुरस्कार राशिमा वृद्धि गरिएकाे क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयाे । विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ पाउने छन् ।

प्रतियोगिताबाट एक करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी हुने र एक करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान क्लबको रहेको छ । गएकाे वर्षको विजेता एएपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब बनेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया