पोखरा : हिक्मत, लक्ष्मी र नारायणलाई मेयर कप साइकल दौडकाे उपाधि

 पुस ६, २०७९ बुधबार १९:३४:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा आयोजित ५० किलोमिटर दोस्रो मेयर कप साइकल दौड प्रतियोगिताकाे उपाधि पुरुषतर्फ हिक्मत विकले जितेका छन् । 

हिक्मतले तीन घण्टा १२ मिनेटमा निर्धारित दुरी पूरा गरे । सन्दीप सुन्धौलीले तीन घण्टा २८ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो भए । त्यसैगरी सुमित गुरुङले तीन घण्टा ४८ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै तेस्राे भए ।

महिलातर्फको यही प्रतियाेगितामा लक्ष्मी मगरले उपाधि जितिन् । उनले निर्धारित दुरी तीन घण्टा ३९ मिनेट ४९ सेकेन्डमा पूरा गर्दा अन्य दुई खेलाडीले भने दुरी पूरा गर्न सकेनन् । सुधा राई दोस्रो स्थानमा रहँदा सोफिया विश्वकर्मा तेस्रो भइन् । 

त्यसैगरी ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा नारायण मानन्धरले तीन घण्टा ५१ मिनेट १६ सेकेन्डमा दुरी पूरा गर्दै मास्टर्सकाे उपाधि जिते । चार घण्टा एक मिनेट २५ सेकेन्डमा दुरी पूरा गर्दै देवबहादुर बोहोरा दोस्रो स्थानमा रहँदा पाँच घण्टा आठ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्दै बाबुराम विश्वकर्मा तेस्रो भए । कमल गुरुङ र जाम्फेल ढुण्डुपले सान्त्वना पुरस्कार जिते । 

प्रतियोगितामा महिलातर्फ तीन जनाले सहभागिता जनाएका थिए । पुरुषतर्फको प्रतिस्पर्धामा १८ जना र मास्टर्स (४० वर्षमाथिको) उमेर समूहमा छ जनाले सहभागिता जनाएका थिए । महिला तथा पुरुष विजेतालाई नगद ३०/३० हजार रुपैयाँ प्रदान गरिएको छ । दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ । मास्टर्सतर्फको विजेताले क्रमशः १०, सात र पाँच हजार रुपैयाँ पाउँदा सान्त्वना पुरस्कार जित्नेले पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा महानगर खेलकुद कमिटिका अध्यक्ष दीपक गोदारलगायतले पुरस्कार वितरण गर्नुभयाे । 

पोखरा–२१ कमेरेबाट सुरु भएको दाैड मट्टिखान हुँदै विभिन्न ठाउँ घुमेर कमेरेमै आएर टुङ्गिएको थियो । याे प्रतियाेगिता पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साइक्लिङ सङ्घ कास्कीको प्राविधिक सहयोग र साइकल सिटीको समन्वयमा भएको हाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया