गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

 पुस १३, २०७९ बुधबार १७:१०:४० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेपाली कांग्रेसकाे गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएकाे छ । 

केहीबरेअघि सकिएकाे मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत बदर भएको छ ।

संस्थापन पक्षबाट उम्मेदार बन्नुभएका पाण्डेको प्रस्तावकमा विन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ हुनुहुन्थ्याे । संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ हुनुहुन्थ्याे । 

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ नाै गरी २७ सिट जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया