गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ ग्रहण

 पुस १३, २०७९ बुधबार १८:४३:५३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराउनुभएकाे हाे । 

संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई शपथ गराउनुभयाे । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ ग्रहण गराउनु हुने छ । 

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे छ । संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नु हुने छ । प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी छ ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ राप्रपाका दुई र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गर्नुभएका दीपक (राजीव) गुरुङसहित ६० सांसद छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया