आयाेजक सहारा क्लबलाई हराउँदै धरान फुटबल क्लब क्वाटर–फाइनलमा

 पुस १४, २०७९ बिहिबार १८:३१:२० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – २२ औँ आहा रारा पोखरा गोल्ड कपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेकाे छ । आयोजक सहारा क्लबलाई एक–शून्य गाेलले हराउँदै धरानले क्वाटर–फाइनलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबसगँको भेट पक्का गरेकाे छ ।

खेलको चौथो मिनेटमा सहाराका भावगत चौधरीले डि–बक्स बाहिर फउल गरेपछि धरानले फ्रि–किकको अवसर प्राप्त गरेकाे थियाे । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रि–किकमा बुढाथोकीले नै गोल गरे । बुढाथाेकी खेलमा 'म्यान अफ दि म्याच' चुनिए । 

प्रतियाेगितामा भाेलि शुक्रवार नेपाल पुलिस क्लब र चर्च ब्याइज युनाइटेड फुटबल क्लबबीच खेल हुने छ ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्ड कपको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभयाे । प्रतियोगिताकाे उद्घाटन समारोहमै वर्ष उत्कृष्ट फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई सम्मानित गरिएको थियो । उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएकाे थियो । 

प्रतियोगिताकाे विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सूर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया