नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ पराजित, पोखरा ५ विकेटले विजयी

 पुस १८, २०७९ सोमबार १२:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो । कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो।

पोखराका लागि सुमित महर्जनले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै, उपुल थरंगाले पनि अर्धशतक बनाए । उनले ५८ रन जोडे ।  यस्तै, कुशल मल्लले १४ रन जोडे । काठमाण्डौका लागि कमल सिंह ऐरीले ३ तथा अविनाश बोहोरा, अनिल खरेलले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए । पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने  प्रतिश जिसी र कुशल मल्लले समान १/१ विकेट लिए।

काठमाण्डौले अहिलेसम्म ६ खेलमा तीनमा जित र तीनमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ८ खेलमा तीनमा विजयी छ । यस्तै, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीचकाे खेल दिउँसो १ बजे हुनेछ ।

यो खेल पनि कीर्तिपुर मैदानमै हुनेछ । पाँच खेलमा एकमा मात्र विजयी भएको फार वेस्ट तालिकाको पुछारमा छ भने जनकपुर तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले अहिलेसम्म ६ खेल खेलेकोमा ४ मा जित निकालेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया