‘ए’ डिभिजन लिग फुटबलका लागि १४ वटा क्लबले गरे नाम दर्ता

 पुस २३, २०७९ शनिबार ८:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि सबै १४ वटा क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लब दर्ताको लागि हिजोसम्मको समय तोकेको थियो।

हिजो मनाङ मर्स्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले नाम दर्ता गरेका छन् । यसअघि बिहीवारसम्म ११ वटा क्लब चर्च ब्वाइज, त्रिभुवन आर्मी, एपीएफ, मच्छिन्द्र, जावलाखेल, फ्रेन्ड्स, हिमालयन शेर्पा, थ्री स्टार, सङ्कटा, न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेका थिए । यस्तै एन्फाले दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिएको समेत जनाएको छ ।

एन्फाले आसन्न लिगको तयारीका लागि ‘ए’ डिभिजनका क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।  शीर्ष डिभिजनको लिग आउँदो फागुन १९ गतेदेखि सुरु हुनेछ । यस पटकको लिग विजेता टोलीले ७५ लाख, दोस्रो हुनेले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन्।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया