नेपाल टी–२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी र जनकपुर खेल्दै

 पुस २४, २०७९ आइतबार ९:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरको खेल सुरु हुँदैछ । क्वालिफायरको पहिलो दिन आज लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । लुम्बिनी अंक तालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा छ।

लुम्बिनीको १० खेलमा १६ अंक र समान खेलमा जनकपुरको १४ अंक छ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भोलि हुने प्लेअफमा काठमाण्डाै र विराटनगरकाे विजेतासँग इलिमिनेटरमा खेल्नेछ । त्याे खेल जित्ने टाेली फाइनलमा पुग्नेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया