नेपाल टी–२० लिगमा आज काठमाण्डाै र विराटनगर  खेल्दै

 पुस २५, २०७९ सोमबार १०:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल टी–२० लिगमा आज काठमाण्डाै नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा पुग्न पहिलो क्वालिफायरमा पराजित भएको जनकपुर रोयल्ससँग भोलि खेल्नेछ । आज पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

हिजो जनकपुरलाई हराउँदै लुम्बिनी अल स्टार फाइनलमा पुगेको छ । फाइनल खेल पर्सि हुने छ । लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने छ । यस्तै उपविजेताले ३० लाख र तेस्रो हुनेले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया