जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

 पुस २६, २०७९ मंगलबार १६:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।

विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर एक बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । जनकपुरका लागि विदेशी खेलाडी चाडविक वाल्टनले ५१ र ट्रेभन ग्रिफ्तले ३४ रन बनाए । विराटनगरका किओन जोसेफले तीन तथा नन्दन यादव र राज नन्नानले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२, अर्जुन साउदले ३५, राज नन्नदले ३३ र होसाइन तलातले ३१ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए ।

जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया