श्रीलंकासँगको पहिलो एक दिवसीयमा भारत ६७ रनले विजयी

 पुस २७, २०७९ बुधबार ७:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

घरेलु टोली भारतले श्रीलंकासँगको पहिलो एकदिवसीय खेल ६७ रनले जितेको छ । गुवाहाटीमा भएको खेलमा भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन मात्र बनायो । कप्तान दासुन शनकाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १ सय ८ रन बनाए ।

भारतका उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या, मोहम्मद सामी र युजभेन्द्र चहलले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो । उसका विराट कोहलीले १ सय १३ रनको शतकीय पारी खेले ।

श्रीलंकाका कसुन रन्जिथाले ३ तथा दिल्शान मधुशंका, चमिका करुणरत्ने, दासुन शनका र धनन्जय डा शिल्भाले समान एक/एक विकेट लिए । जितसँगै भारतले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ ।

दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया