लुम्बिनीले जित्याे नेपाल टी–२० क्रिकेट लिगकाे उपाधि, विराटनगर २४ रनले पराजित

 पुस २७, २०७९ बुधबार १५:२४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगकाे उपाधि लुम्बिनी अल स्टार्सले जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेकाे हाे । 

लुम्बिनीले दिएकाे एक सय ३४ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नाै रनमात्रै बनाउन सक्याे । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्काेटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई/दुई विकेट लिए

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयाे । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाए । विराटनगरका नन्दन यादव र राज नन्नानले दुई/दुई विकेट लिए ।

योसँगै विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पाएकाे छ । यस्तै उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तेस्राे भएकाे जनकपुर रोयल्सले १० लाख र चाैथाे भएकाे काठमाण्डाै नाइट्सले पाँच लाख रुपैयाँ पुरस्कार पायाे ।  

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्ग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाइट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड गरी छ टोलीको सहभागिता थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया