सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम बदली तर पानी पर्ने सम्भावना कम

 पुष २८, २०७९ बिहीबार ७:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ । दिउँसो पछि हट्ने अनुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्यकामा बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ । पारिलो घाम लाग्न थालेकाले दिउँसोको समयमा खासै चिसो छैन ।

बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया