अस्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट नखेल्ने

 पुस २८, २०७९ बिहिबार १६:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियाले अफगानिस्तानको टिमसँग क्रिकेट नखेल्ने भएको छ । क्रिकेट अस्ट्रेलियाले एक विज्ञप्ति निकालेर आउँदो मार्चमा यूएईमा हुने तय भएको एकदिवसीय क्रिकेट शृङ्खला नखेल्ने जनाएको छ ।  

तालिबान सरकारले महिला अधिकारलाई बन्देज लगाउँदै विभिन्न प्रतिबन्ध लगाएको विरोधमा अस्ट्रेलियाले क्रिकेट नखेल्ने घोषणा गरेको हो । तालिबानले महिलाको शिक्षा, रोजगारी तथा पार्क र जिममा प्रतिबन्ध लगाउने निर्णय गरेकाले यसको विरोधमा अफगानिस्तानको टिमसँग नखेल्ने निर्णय गरेको त्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा उल्लेख छ ।  

अस्ट्रेलिया क्रिकेट बोर्डले अफगानिस्तानलगायत विश्वभर महिला र पुरुषको खेललाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो देशमा महिलाको अवस्था सुधार्ने काम गर्ने आशा रहेको जनाएको छ । अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता हातमा लिँदा तालिबानले महिला अधिकारको बारेमा कडा नहुने बताएको थियो, यद्यपि त्यसयता तालिबानले महिलामाथि धेरै प्रतिबन्ध लगाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया