श्रीलङ्कासँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला भारतलाई

 पुस २९, २०७९ शुक्रबार ६:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ । हिजो भएको दोस्रो एकदिवसीयमा श्रीलङ्का ४ विकेटले पराजित भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

भारतका लोकेश राहुलले अविजित ६४ रन बनाए । श्रीलङ्काका लागि कुमारा र चामिका करुणारत्नेले दुई/दुई विकेट लिए । कसुन रजिथा र धनञ्जय डि सिल्भाले एक/एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा अलआउट भयो । डेब्यु खेलमा नुवानिदु फ्रेनान्डोले सर्वाधिक ५० रन बनाए ।

भारतका कुलदीप यादव र मोहम्मद शिराजले समान तीन विकेट लिए । उमरान मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । भारत पहिलो खेलमा ६७ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया