राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

 पुस २९, २०७९ शुक्रबार १८:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – साताैँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेकाे छ । 

सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई तीन–दुईकाे सेटमा हराउँदै आर्मी सेमिफाइनलमा पुगकाे हाे । याे खेलसँगै प्रतियाेगिताअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपीएफले क्रमशः २५-१९ र २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौँ सेटमा क्रमशः २५-२२ र १५-५ को जित निकाल्दै समूह विजेता बन्दा एफीएफ उपविजेता बन्यो । 

अब सेमिफाइनलमा आर्मीले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल भोलि शनिवार हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया