प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदै

 पुस ३०, २०७९ शनिबार ९:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आज दुई वटा खेल हुनेछन् ।

सुनसरीको इटहरीमा आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र गण्डकी प्रदेश तथा आजको दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । एपीएफ र गण्डकीको खेल अहिले ९ बजेदेखि सुरु भएकाे छ भने कर्णाली र लुम्बिनीको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

हिजोदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन् । प्रदेश १ ले मधेस प्रदेश तथा सुदूरपश्चिमले बाग्मतीलाई हराएर २ अंक जोडेका छन् । प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया