प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : एपीएफको विजयी सुरुवात, गण्डकी ७ विकेटले पराजित

 पुस ३०, २०७९ शनिबार १२:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ । सुनसरीको इटहरीमा आज भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले एपीएफलाई ५२ रनको लक्ष्य दिएको थियो ।

एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । एपीएफकी कप्तान सीता राना मगरले अविजित १९ रन तथा रोमा थापाले १४ रन जोडिन् । गण्डकीकी सृष्टि जैसीले ३ विकेट लिइन् । त्यसअघि गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो ।

गण्डकीकी कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाइन् । एपीएफकी सुमन विष्टले ३ विकेट लिइन् । जितसँगै एपीएफले २ अङ्क जोडेको छ । आज हुने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । हिजोदेखि सुरु भएको प्रतियोगितामा पहिलो दिन प्रदेश १ ले मधेस प्रदेश तथा सुदूरपश्चिमले बाग्मतीलाई हराएर २ अङ्क जोडेका छन् ।

प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया