निर्मला कुर्मीको बारेमा अनुसन्धान भइरहेकाले धर्ना रोक्न गृहमन्त्रीको आग्रह

 पुष ३०, २०७९ शनिबार १६:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गर्नुभएको छ ।

आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गर्नुभएको हो । बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाण्डौ आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

गृहमन्त्री लामिछानेले उनीहरूलाई धर्ना छोडेर घटनाको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष टोलीले छानबिन गरिरहेको जानकारी गराउनुभयो । उहाँले गएको सोमवार सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री लामिछानेसँगको भेटमा अधिकारकर्मी रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको तर न्याय नपाउञ्जेल धर्ना नछाड्ने बताउनुभयो । उहाँले  अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया