राष्ट्रिय भलिबल प्रतियाेगिता : पुलिसलाई हराउँदै एपीएफ तेस्रो

 माघ १, २०७९ आइतबार १३:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साताैँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले तेस्रो स्थान हासिल गरेको छ । 
    
त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा  एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा पुगेर एक लाख रुपैयाँ प्राप्त गर्यो। 
    
खेलमा पहिलो सेट भने पुलिसले जित्यो । पुलिसले एपीएफमाथि २५–१५ ले आफ्नो पक्षमा पार्यो । त्यसपछिको सबै खेल एपीएफले जित्यो । एपीएफले दोस्रो सेट २५–२० ले जित्यो भने तेस्रो सेट २५–२३ ले विजयी हुनाका साथै चौथो तथा अन्तिम सेट पनि २५–१८ ले जित्यो।

त्यही प्रतियोगिताको पुरुषतर्फको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । यस च्याम्पियनसिपको उपाधि विजेता टोलीले चार लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ। 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया