विमान दुर्घटनाप्रति देउवा र ओलीद्वारा दुःख व्यक्त

 माघ १, २०७९ आइतबार १४:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज आइतवार भएको यति एअरलाइन्सकाे विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।  

सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरूपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।

काठमाण्डाैबाट पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको उहाँले बताउनुभएको छ । 

काठमाण्डाैबाट ६८ जना यात्रु लिएर उडेकाे विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया