एटीआर कम्पनीले भन्यो, ‘विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग रहन्छ’

 माघ १, २०७९ आइतबार १६:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

विमान दुर्घटना भएकाे क्षेत्र

काठमाण्डाै – पाेखरामा दुर्घटना भएकाे यति एअरलाइन्सको विमानको निर्माता कम्पनी एटीआरले दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग हुने जनाएको छ ।

नेपालमा एटीआर ७२–५०० विमान दुर्घटनाको खबर प्राप्त गरेको भन्दै एटीआरले पहिलो प्राथमिकता दुर्घटना प्रभावितहरूसँग रहेको र विशेषज्ञसहित अनुसन्धानमा पूर्ण सहयोग रहने जनाएको छ ।

आज आइतवार काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर जहाज पोखराको सेती खोँचमा खसेर दुर्घटना भएको छ । अहिलेसम्म ४० जनाभन्दा धेरैको शव निकालिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया