नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने एकदिवसीय शृङ्खलाकाे तालिका सार्वजनिक

 माघ १, २०७९ आइतबार १९:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने एकदिवसीय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाको तालिका सार्वजनिक गरेको हो । नेपालले पहिलो खेल फेब्रुअरी १४ अर्थात् फागुन २ गते नामिबियासँग खेल्नेछ । यस्तै स्कटल्यान्डसँग फागुनको ५ गते, ६ गते नामिबियासँग र ९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

विश्व कप लिग–टु अन्तर्गतको शृङ्खलाको तालिकामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्ष स्थानमा र नामिबिया ३० खेलमा ३७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया