प्रहरी नेतृत्वका लागि अब कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री

 माघ २, २०७९ सोमबार १७:५०:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वका लागि अब कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज साेमवार प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताउनुभयो ।

उहाँले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताउनुभयो । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपविना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराउनुभयो । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उहाँहरूलाई सरुवा गरिएको थियो ।

गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भए पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै  राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी नागरिकका हितमा काम गर्न निर्देशन  दिनुभयो । उहाँले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिनुभएको छ । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उहाँले सधैँ पीडितको पक्षमा उभिन आग्रह गर्नुभयो । 

कसैको प्रभाव वा दबाबमा नपरि नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिनुभयो । उहाँले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पर्नुभयो ।

उहाँले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरुवा भएका डीआईजीसँग आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया