प्रधानमन्त्री कप महिला क्रिकेट : कर्णाली र प्रदेश १ तथा सुदूरपश्चिम र एपीएफ खेल्ने

 माघ ३, २०७९ मंगलबार ७:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा सुनसरीको इटहरीमा भइरहेको प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिहान नौ बजे कर्णाली प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् ।

समूह 'बी' का दुई खेलमा दुवै खेल जितेको प्रदेश १ शीर्ष स्थानमा रहेको छ भने दुई खेलमा दुवै खेल हारेको कर्णाली समूह 'बी' को अन्तिममा रहेको छ । यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । दुई खेलमा दुवै खेल जितेको सुदूरपश्चिम समूह 'ए' को दोस्रो स्थानमा रहेको छ ।

दुई खेलमा दुवै खेल जितेको एपीएफ क्लब नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया