दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएकाे बताउनुभएको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो । उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबर स्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरा लागि होइन । मैले आफ्नो लिमिटेशन र स्थान राम्रोसँग बुझेको छु ।’
डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताउनुभयो । आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इसा अवार्डलाई हेरेको उहाँकाे भनाइ छ । सरकारले यो अवार्डलाई कसरी लिन्छ भन्नेबारेमा आफूले ध्यान दिइरहेको उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘यस्तो खालको ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने कुरा थाहा भयो र नेपालीको आत्मसम्मान प्रतिष्ठालाई बचाउन धेरै ठूलो सहयोग गरेको छ । यो जीवनकै कमाइ हो । यो जिन्दगीको तपस्याको फल हो । यही कुरा विदेशीले भन्दा नेपालीले दुई, तीन गुणा बढी मेहनत गर्नुपर्छ । राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले नेपालमा धेरै ठाउँमा आँखाको क्षेत्रमा पहुँच विस्तार गर्नुपर्छ ।’
भर्खरै बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि डा. रुइतले आज पत्रकार सम्मेलन गर्नुभएको थियो । इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।