सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
काठमाण्डौ – कम्प्युटर एशोसिएशन नेपाल महासंघले २८ औँ संस्करणको क्यान इन्फोटेक माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । महासंघले बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने बताउनु भयो ।
उहाँले टिकटका लागि सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समेत बताउनु भयो । उहाँले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताउनु भयो ।
उहाँले यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गर्ने बताउनु भयो । उहाँले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताउनु भयो ।
महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ ।
महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ । काठमाण्डौमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताउनु भयो ।
उहाँकाअनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, बाग्मती प्रदेशमा चैत्र २ देखि चैत्र ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ । महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको सुरुवात गरेको थियो ।