गुलशनले १९ वर्षमुनिकाे राष्ट्रिय टिमकाे कप्तानी गर्ने, क्यानका कार्यवाहक सचिव मल्लको राजीनामा स्वीकृत

 माघ १८, २०७९ बुधबार १४:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो र आज पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय गरेको हो ।

बैठकले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानमा गुलशन झालाई चयन गरेको छ । यस्तै अनुशासन उल्लङ्घनको कारबाहीमा परेका सन्दीप लामिछानेको निलम्बन पनि फुकुवा भएको छ । बैठकले कार्यवाहक सचिवबाट प्रशान्तविक्रम मल्लले दिएको राजीनामा स्वीकृत गरेर दुर्गाराज पाठकलाई नयाँ कार्यवाहक सचिवमा नियुक्त गरेको छ ।

 याे पनि

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया